काठमाडौं, ३ असार । भारतका प्र्रधानमन्त्री नरेन्द दास ‘मोदी’को जीवनमा आधारित फिल्म निर्माण हुने भएको छ । कास्टिङको काम भरखरै सूरु भएको भएतापनि फिल्म स्क्रिप्टको काम भने पुरा भईसकेको फिल्म निमार्ण पक्षले जानकारी दिएको छ ।
फिल्ममा पहिले शत्रुध्न सिंहालाई अभिनयको लागि आग्रह गरिएता पनि अब उनको ठाँउमा बलिउड अभिनेता तथा भारतीय जनता पार्टिका सांसद परेश रावलले अभिनय गर्ने पक्का भएको छ ।
मोदीको भुमिकामा तपाई नै किन भन्ने पश्नको जवाफ दिदै रावलले भने ‘मेरो लागि यो धेरैै ठुलो जिम्मेदारी हो र म प्रतिको फिल्म उद्योगको द्धढ विश्वास पनि हो ।
तपाईहरु सवैलाई राम्रोसंग थाहा भएकैकुरा हो यो रोल खेल्नको लागि म भन्दा राम्रो कसैले गर्नै सक्दैन ।’ परेश रावलले धरै चोटिका अन्र्तवार्ताहरुमा यो कुरा भनिसकेका छन की उनी प्रधानमन्त्री मोदीका प्रशंसक हुन ।