काठमाडौं, ०३ असार । जारी २१ औ विश्वकपमा संसारका दुई महान फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सिको खेल सबैले हेरिसकेका छन् । अब खेल हेर्ने पालो आएको छ ब्राजिलिएन खेलाडि अर्का महंगा खेलाडी नेयमारको ।
नेयमार आज समुह चरणको पहिलो खेल अन्र्तगत समुह ‘ई’ मा स्विजरल्याण्डको बिरुद्ध मैदानमा उत्रदै छन । उनका प्रशसकमा उनि धाईते भएका कारण आजको खेलमा भाग लिन्छन् कि लिदैनन् ? भन्ने कौतुहलता रहिआएकाले अब उनको यो निर्णले सबैमा एक प्रकारको खुसि छाएको देखिन्छ ।
फेबु्अरिको अन्तमा मार्सिलेसँग पेरिस सेंट जर्मेनको लागि खेल्दैगर्दा नेयमारलाई चोट लागेको थियो । ब्राजिलको लागि एकमात्र चिन्ताको बिषय थियो की नेयमार पुर्णरुपले स्वस्थ भए या भएनन ?
घाईते भएपछि केवल १२९ मिनेटमात्र मैदानमा उत्रिएका नेमारले हालै ब्राजिलको हलमा भएको मैत्रिपुर्ण खेलमा उनले क्रोएशियाको बिरुद्ध एक गोलगरेका छन भने त्यसलगत्तै अष्ट्रियासंग भएको अर्काे खेलमापनि एक गोलगरेका थिए ।
पछिल्लो केहि समय २६ बर्षिय नेयमारकोलागी आजसम्मको सबभन्दा खराब समययको रुपमा रहयो । पिएसजिसंगको उनको भविश्य र रिएलमड्रिडसंग जोडिने खवरबाट उनि टाढैछन ।
प्र्रशिक्षक टीटेको मार्गदर्शनमा ब्राजीलले पछिल्ला २० खेलमा एकमात्र हार व्यहोरेको छ । पछिल्लो शुक्रबार भएको अभ्यास सत्रको समयमा नेयमार सोच्चिको बल्याक सी रिसोर्टमा आफनो टिमसंग हाँस्देै गरेको मजागी अन्दाजमा देखिएका थिए । उनले आफना सर्मथकको साथमा फोटो पनि खिचाए र अटोग्राफ पनि दिएका थिए ।
नेयमार २०१४ मा कोलम्बियासंगको क्वाटर फाईनलको जितकालागी खेल्दा खेल्दै धाईते भएपछिको यो उनको पहिलो विश्वकप हो । नेयमार उन छ । खेलाडीसंग खेल्दैछन् जो चारबर्ष पहिले भएको विश्वकपमा ब्राजीली टिमका सदस्य थिए ।
फुटबलको ईतिहासमा ५ चोटी विश्व च्याम्पियन भैसकेको ब्राजील २०१४ को विश्वकपमा जर्मनिसंग १–७ को फराकिलो मतान्तरले हार व्यहोरेको थियो ।