काठमाडौं, ५ असार । फिफा वल्र्डकप हेर्ने लाखौ फुटबल प्रेमी आफ्नो टिमको सर्मथनमा जोकोहीले खेल जितेको हेर्न चाहन्छन् । तर साँझ ५ः४५ बजे हुने जापान र कोलम्बियाबिचको खेलमा जापान पराजित हुने संकेत एक भविष्यवाणी गर्ने सुगाले जनाएको छ ।
हार र जितको भविष्यवाणी गर्ने बिरालो पछि अर्को पंक्षि सुगा पनि संचार माध्यमको चर्चामा आएको छ । यो सुगाले आफ्नो भविष्यवाणीमा भनेको छ कि जापानले आफ्नो पहिलो खेलमा हार ब्यहोर्नु पर्ने छ ।
जापान टोकियोको उत्तर टोचिगी स्थित नासु एनिमल किङडममा रहने यो सुगाको नाम ओलिविया हो । ओलिभिया जनावर जस्तै छ जो पछिल्ला कयौ बर्षदेखी भविष्यवाणि गर्दे आएको हो ।
जापानि सामाचार सांकेईका अनुसार यो सुगाले पहिले खेल बराबरीको संकेत देखाए पनि पछि उसले कोलम्बियाको झण्डा उठाएको थियो ।
यो चिडीयाधरको रेखदेख गर्दे आएका नोजोमी आले भने ‘हामि चाहान्छौकी यस पटकको भविष्यवाणी गलत सावित भइदियोस् । सुगा केही समय यता उता दोधारमा धुमिरहेकाले यो खेल जितको नजिकै हुनेछ । ’
१३ बर्षको यो सुगाले २०१५ को महिला विश्वकपका सात खेलमध्य छ खेलको सहि भविष्यवाणी गरिसकेको छ भने २०१६ को रियोे ओलम्पिकका सात खेलमध्य पाँच खेलको सहि भविश्यवाणी भने मिलाएको थियो ।