Logo

ईरानि खेलाडीलाई किन बेचेन अमेरिकाले जुत्ता !



काठमाडौं, ५ असार । खेलकुदका सामग्रीहरु उत्पादन गर्ने कम्पनि नाइकीले अमेरिकी सरकारको प्रतिबन्धका कारण जारी विश्वकपमा इरानसँगको आफ्नो व्यापारिक सम्झौता तोडिदिएको छ ।

व्यापारिक सम्झौता तोडिदिएकै कारण इरानि खेलाडीहरु नयाँ जुताको साथमा मैदानमा उत्रिएका छन् । इरानि खेलाडी पहिले नाइकीको जुत्ता प्रयोग गर्थे तर जारि विश्वकपबाट अमेरिकाको यो निर्णयले नयाँ जुताको प्रयोग गर्न बाध्य भएको हो ।

ईएसपिएनको रिर्पोट अनुसार एसियालि देशमा लागेको आर्थिक प्रतिबन्धको कारण यस टूर्नामेन्टदेखी करार बन्द गरेको हो । नाइकीले आफ्नो प्रतिबन्धको सारांस बताउदै भनेको छ ‘अमेरेकी प्रतिबन्धको अर्थ अमेरेकी कम्पनि नाइकीले इरानि राष्ट्रिय टिमलाई जुत्ता उपलब्ध नगराउने भन्न नै हो ।’

तर कम्पनि यो कुरामा सहमत छ कि इरान माथिको प्रतिबन्ध पहिलेदेखीनै लागेको थियो । इरानको फुटबल महासंघले वल्र्डकपको समयमा लगाएको प्रतिबन्धको कारणलाई लिएर फिफासँग सफाई माग गरेको छ ।

कम्पनिको यस्तो फैसालालाई लिएर रिसाएका ईरानी टिमका प्रशिक्षक कार्लाेस क्विरोजले भने ‘खेलाडी आफनो खेलकुदका सामानको साथमा अभ्यास गर्ने गरेका थिए तर यति ठूलो खेलको अगाडी आएर गरेको निर्णय एकदमै गलत छ ।’

ग्रुप बिमा रहेको ईरान मोरक्कोसँग शुक्रबारको खेलमा मरक्कोले आत्मघाती गोल गरेपछि ०–१ को अन्तरले बिजयी भएको छ । यस ग्रुपमा स्पेन र पोर्चुगल जस्ता विश्वकपको बिजेता दाबिगर्ने टिमहरु पनि रहेका छन ।



प्रतिक्रिया दिनुहोस्