Logo

इरफानले बलिउडमा भित्र्याए नयाँ कलाकार



काठमाडौं, १३ असार । इरफान खान स्टारर फिल्म ‘कारवान’ को ट्रेलर आज सार्वजनिक हुँदैछ । यस फिल्मको माध्यमबाट दलकीर सलमान र मिथिला पालकर जस्ता कलाकार बलिउडमा प्रवेशगर्न गइरहेका छन जसको फिल्ममा अहम भुमिका रहेको छ ।

प्राप्त पछिल्लो जानकारीका अनुसार फिल्म तीन अपरिचत व्यक्तिहरुको कहानीमा आधारित रहेको छ । जहाँ जानअन्जानमै एक–अर्कासँग परिचय हुन्छ, जसले तीनै जनाको जिन्दगीमा नयाँ मोड आउँछ ।

फिल्मको अधिकांश छायाँङ्कन केरलाका सुन्दर ठाउँहरुमा गरिएको छ । त्यस कारण फिल्मले दर्शकको ध्यान खिच्ने आकंलन गरिएको छ । यसमा अर्काे खास कुरा दक्षिण भारतीय फिल्म उद्योगका चर्र्चित कलाकार दलकीर सलमान ‘कारवान’बाटै बलिउडमा पाईला टेकाका छन् ।

यो पनि पढ्नुहोस :

संसार कै सय झुर फिल्ममा ‘रेस ३’ !

शाहरुखले किन दिए इमरानलाई लण्डनको घरको साँचो ?

८० किलोको गाउन लगाएर अर्वाडमा पुगेकी नायिका झण्डै बेहोस् !

नाना पाटेकर कुल सम्पत्तिको ९० प्रतिशत रकम मानव धर्ममा खर्च गर्दै !

 

फिल्मको पोष्टर पहिलानै सार्वजनिक गरि सकेको छ । जसमा यि तीनैसाथी कुनै यात्राको समयमा रोडमा नरिवल पानी पिइरहेका देखिन्छन् । यस कमेडी फिल्मको निर्देशन आकर्षण खुरानाले गरेका हुन । उनी यस फिल्मका प्रोड्युसर पनि हुन ।

यसमा कृति खरवंदा र साउथ स्टार अमला अक्कीनीले पनि महत्वपूर्ण भुमिका निभाएका छन । फिल्म साउनको १८ गते प्रर्दशनमा आउने छ ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्