काठमाडौं, १४ असार । रसियामा जारि २१ औं संस्करणको विश्वकप २०१८ ले प्राय मानव जातिलाई छोएको छ । संसारको ध्यान यस पटकको विश्वकपको उपाधि कसले जित्ला ? भन्नेमा मोडिएको छ ।
फुटबल प्रेमीहरुको ध्यान फुटवलको महाकुम्भ चलिरहेको स्थान रशियातिर केन्द्रीत रहेको छ । नेपालका हरेक चिया पसलदेखि चुला चौकासम्म आजभोली फुटवलका रोचक खबरले स्थान पाईरहेको छ ।
नेपाल विश्वकपको यात्रामा नरहेपनि फुटबल प्रेमीहरुलाई यो समय दशै भन्दा कम रोचक छैन । आजहामी ब्राजिल, पोर्चुगल, स्पेन, जर्मनि र अर्जेन्टिना भन्दै उनीहरुका प्रसंशक भएका छौ । यदि नेपाल पनि विश्वकपको मैदानमा भईदिएको भए हामी कति उफ्रन्थियौं होला ?
फुटबलको महासङ्ग्राम रशियामा चलिरहेको वल्र्डकपमा नेपाली टोली नअटेपनि एउटा फरक विश्वकपको मौका पारेर पश्चिम नेपालका बिकट जिल्लामा जन्मेर फटबल खेल्नकै लागि कुनै समय पोर्चूगल र अर्जेन्टिनाका स्टाईरहरुले आफ्नो कर्मथलो बनाएको स्पेनमा जादैछन् भन्ने खवरले जोकोही नेपाली खुसिले गदगद भएका छन ।
हिउँ नै हिउँले भरिएका सुन्दर तर बिकट अन्कन्टार ठाउँमा जन्मिएर मोजा र कपडाका बलका डल्ला बनाई खेतका आलीहरुमा चिसो मौसमको पर्वाहनै नगरि खेल्दै हुर्किएका उनीहरु ‘डोनास्टिक कप’ मा भाग लिन ३३ देशबाट ६३० टिमका ७ सय भन्दा बढि खेलाडीहरुसंग जुलाई १ देखि ७ सम्म स्पेनकोे सान्सेबास्टियानको यात्रामा निस्किन लागेका हुन ।
यो पनि पढ्नुहोस
एक आत्माघाती गोलको बदला मृत्यु
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
गाडी हेर्न रहर गर्ने उनीहरु बस, प्लेन हुदै अन्तराट्रिय स्तरको चिल्ला घाँसेमैदानमा खेल्दाको सपनाको अनुभवलाई पनि बटुल्ने छन । १७ किशोरी र ५ जना व्यवस्थापक रहेको टोलीले यो भन्दा पहिले काठमाण्डांै स्थित एन्फा हाउसमा अभ्यासको तयारी समेत गरेको र टोलीमा १० देखि १८ वर्षको उमेर समुह अनुसार टोलिको चयन गरिएको हो ।