काठमाडौं, १४ असार । आर्ईएसआईएस सहित कयौं आतंकवादी संगठनको धम्किका कारण पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपको लागि एक खास व्यक्तिलाई अंगरक्षक नियुक्क्ति गरेका थिए ।
नयाँ नियुक्त गरिएका अंगरक्षक निकै बलवान रहेका तथा उनले नाङ्गो हातले आधा टन गरुङ्गो भएको गोरुसंग पनि भिड्न सक्ने जनाईएको छ । यि बुल फाईटरको नामहो नुनो मारेकोस हो जो बुल फाईटका साथसाथै मार्सल आर्ट एमएमएका पनि कौशल खेलाडी रहेको बताईएको छ ।
यो पनि पढ्नुहोस्
मुगुका किशोरी फुटबल खेल्न स्पेनमा !
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
यि बुल फाईटरले आफ्नो मेहनतको कारण यो मौका हासिल गरेका हुन । उनको तेजिलो होशियारीलाई देखेर रोनाल्डोले आफ्नो अंगरक्षकका रुपमा राखेका हुन । मारेकोसले केहीसमय पहिला खेलिएको च्याम्पिएन लिगको फाइनलमा रोनाल्डोको अंगरक्षकका रुपमा उपस्थित थिए ।
रोनाल्डोका नजिकका एक मित्रको भनाईअनुसार उनलाई बुल फाईट हेर्न एकदमै मनपर्छ र मोरेकोसको साहसलाई अनि ताकतलाई देखेर नै रोनाल्डोले उनलाई अगरक्षको रुपमा आफुसँग जोड्ने फैसला गरेका थिए ।
खबरका अनुसार पाहाड जस्तो शरिर भएका नुनोको उचाइ ६ फिट २ ईन्च लामो रहेको छ । बुल फाईटको समयमा उनि आफ्ना ८ सदश्य खेलाडी साथिहरुको माझमा उनी सधै अगाडी रहने गर्दथे भने उनको काम गोरुलाई भड्काएर आफ्नो तर्फ आर्कषण गर्ने हुन्थो ।