Logo

२ सय ३३ कर्मचारी, बस्ने ठाउँ भएन



काठमाडौं १५ असार ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १ सय ९८ रहेको कर्मचारी दरबन्दी ३५ थपेर २ सय ३३ बनाइएपछि कार्यालय व्यवस्थापन हुन सकेको छैन।

बस्ने ठाउँ अभाव भएपछि थप गरिएका शाखामा कार्यसम्पादनमा समस्या भएको छ। तीन महिनाअघि नै कर्मचारी थप गरिए पनि अहिलेसम्म बस्ने ठाउँ उपलब्ध गराइएको छैन।

अर्थ मन्त्रालय मातहत रहेका राजस्व अनुसन्धान विभाग (भन्सारबाहेक), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग र कानुन मन्त्रालयअन्तर्गत रहेको महान्यायाधिवक्ता कार्यालयलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको छ।

त्यससँगै थपिएका कर्मचारीका लागि समयमै कार्यालय व्यवस्थापन नहुँदा सम्पादनमा समस्या भएको एक सहसचिवले बताए। ६ सहसचिव रहने प्रधानमन्त्री कार्यालयमा अहिले ११ सहसचिव छन् भने उपसचिवको दरबन्दीसमेत बढेको छ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्