काठमाडौं, १५ असार । रशियामा जारी विश्वकपमा धेरैको ध्यान खिच्न सफल खेलाडी मध्यका एक फुटबलर हुन क्रिष्ट्रियानो रोनाल्डो । ३३ बर्षीय अबाहित खेलाडीले खेलेका तिन खेलमा चार गोल गरेर पोर्चुगललाई अन्तिम १६ मा पुर्याउन सफल भएका छन ।
सन् २०१६ मा पोर्चुगललाई यूरोकप जिताएका उनको बाल्यकाल सामान्य परिवारबाट भएको खुलासा गरेका छन । रोनाल्डोका बुवा नगरपालिकामा बगैचाका मालि थिए र पार्ट टाईम जागिरको रुपमा फुटबल टिममा किट म्यानको काम गर्दथे भने आमा कूक थिईन् ।
आफु भन्दा अगाडी एक दाजु र दुई दिदी भएका उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको साओ पेड्रोमा भएको हो । उनको बुवा अभिनयमा अधि रुचि भएका व्यक्ति थिए ।
थप समन्धित समाचारहरु
रोनाल्डोसँग छोरा उभिए, आमाले फोटो खिचिन
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
अमेरेकी राष्ट्रपतिबाट प्रभावित उनका बुेबाले उनको नाम रोनाल्डो डो सान्तोस ऐवेरिरो राखिदिएका थिए । उनका बुबा किट म्यान भएकै कारण सानैदेखि उनको फुटबल प्रति निकै लगाव रहेको थियो ।
सन् १९९६ मा उनलाई पोर्चुगलको स्पोर्ट क्लब स्पोर्टिङ पोर्चुगल ‘जसलाई स्पोटिङ सिपी भनेर चिनिन्छ’ मा खेलको ट्राईल दिने मौका मिल्यो । करिव तिन दिनको ट्रायल परिक्षण पछि १२ वर्षीय उनलाई १५ सय पाउण्डमा क्लबले अनुबन्ध गर्यो ।
करिव दुईवर्ष उक्त क्लबमा खेल सिकेपछि १४ वर्षको उमेरमा उनलाई लाग्न थाल्यो कि म पनि व्यबसायिक रुपमा खेल्न सक्छु । उनको यो सोच कै कारण उनकी आमाले उनलाई स्कुलको पढाई छोडेर फुटबलमा मात्र ध्यानदिन सम्झाईन ।
व्यबसायिक रुपमा खेल्ने र विश्वकप खेल्ने सपना देखेका रोनाल्डोको सपना १५ वर्षको उमेरमा मुटुको सल्यक्रिया गर्नुपर्दा उनी भविष्यलाई लिएर डराएका उनि धेरै समय मैदान बाहिन बस्न बाध्य भए ।
१६ वर्षको उमेरमा मेरी ड्रिबलिङबाट प्रभावित भएर स्पोटिङ क्लबका म्यानेजरले उनलाई युवाको टिममा सहभागी गराए । त्यस पछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले एकै सत्रमा अन्डर–१६, अन्डर–१७ र अन्डर–१८ खेल्ने खेलाडीको रुपमा रेकर्ड नै बनाए ।
सन् २००३-००४ को पहिलो सत्रबाटै मेन्चेष्टर युइनाईटेडसंग जोडिदा उनी १.२ करोडमा अनुबन्घ भएका थिए । जो इंग्लिस फुटबलका खेलाडीमा सबैभन्दा महंगा खेलाडी बनेका थिए ।
म्यानचेष्टरमा २८ नम्बरको जर्सीको माग गरेका उनलाई प्रशिक्षको सल्लाहमा ७ नम्बरको जर्सीमा चित्त बुझाउन बाध्य भए । जुन आज आएर उनलाई फलिफाप भएको छ ।
अहिले आएर रियलम्याड्रिड र आफ्नो देश पोर्चुगलबाट खेलिरहेका उनी म्यानचेष्टर क्लब छोडेर रियल म्याड्रिडामा अनुबन्ध भएका थिए ।रोनाल्डो पर्यावरण सम्बन्धि अभियानमा पनि जोडिएका छन ।
२०१३ को जनवरीमा उनलाई सेभ द चिल्ड्रेनले ग्लोबल एम्बेस्डर बनाएको थियो । २०१४ मा फिफाले खतरानाक ‘इबोला भाइरस’ बिरुद्धको जन-चेतना फैलाउनका लागि चलाएको अभियानमा पनि उनि सहभागि भएका छन ।
नोट- यो समाचार विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको हो ।