काठमाडौं, १५ असार । फिफा वल्र्डकपको ईतिहाँसलाई हर्ने हो भने अनेकौ प्रकारका दृष्टान्तहरु भेटिन्छन् । आज पनि विश्वकपसँग जोडिएका आश्चार्य जनक कुराहरुले फुटवलका प्रसंशकहरु जिब्रो टोक्न गर्छन् । अझ केही त भुल्नै नमिल्ने खालका छन । १९६६ मा विश्वकपको ट्रफि चोरी भएको सुन्दा कसको मनमा कौतुहल्ता नहोला ? त्यो पनि विश्वकप शुरु हुनुभन्दा चार महिना पहिले ।
फिफा वल्र्डकप १९६६ को ट्रफि चोरी भएपछि इङल्याण्डमा भुकम्प आए जस्तै हलचल मच्चिएको थियो । लण्डनको प्रहरी जोसुकै ठाउँमा वल्र्डकपको खोजीमा दिन रात नभनि खोज तलासमा लागि रह्यो । कयौं कोशिसका प्रयास पछि पनि प्रहरीले फिफाको ट्रफि फेला पार्न सकेन, प्रशासन निरास बन्यो ।
ट्रफि हराएको केही दिन पछि डेव नाम गरेका एक व्यक्ति आफ्नो कुकुरलाई घर बाहिर डुलाईरहेका थिए । त्यति नै बेला उनले आफ्नो कुकुर पिकल उनका छिमेकीको कारको वरिपरि चारैतर्फ घुम्न लागेको देखे । डेवले अनौठो लागेर कारतर्फ ध्यान दिएर हेर्दा उनले कागजमा बेरेर राखेको विश्वकपको ट्रफि देखे । जसलाई देख्दा उनी झण्डै बेहोश भएनन् ।
यो पनि पढ्नुहोस्
एक आत्माघाती गोलको बदला मृत्यु
मुटुको शल्यक्रिया र रोनाल्डोको बाल्यकाल
मुगुका किशोरी फुटबल खेल्न स्पेनमा !
फुटबलको कथा : मानिसको टाउकोदेखी टेलस्टार–१८ सम्म
कागजमा बेरेर राखेको ट्रफिलाई देखेर डेवले प्रहरिलाई यसको जानकारी गराए । त्यसको केही दिनमा नै विश्वकप खोज्ने कार्यमा सहयोग गरेको र देशको ईज्जत बचाएको अवसरमा पिकललाई पुरस्कृत गरिएको थियो ।
साथै पुरस्कार राशिका साथ साथै जीवन भरिको लागि खाद्य सामग्री पनि निःशुल्क रुपमा उपलब्ध गराईएको थियो । तर बिडम्बनाको कुरा एक वर्ष पछाडी पिकलको मृत्यु भएको थियो । १९६६ को वल्र्डकप इङ्ल्याण्डमा भएको थियो भने इङल्याण्डले नै जितेको थियो ।