Logo

ट्रम्पकी श्रीमती मेलानिया फेरी बिवादमा



काठमाडौं, १७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया फेरी एकचोटी बिवादमा तानिएकी छिन । समाजिक सञ्जालमा चर्काे आलोचना खेपिरहेकी मेलानिया आफुले लगाएको लुगाको कारण यस पटक आलोचनाकी पात्र बनेकी हुन ।

अमेरीकाको टेक्सास राज्यमा प्रवासी बच्चाका लागि बनाएको बालगृहमा मेलेनियाको बालबालिकासंग भेट्ने कार्यक्रम राखिएको थियो । आफ्ना परिवारबाट छुट्टिएका बच्चाहरुलाई भेटेर उनीहरुका परिवारलाई भेटाउन सहयोग गर्ने जस्तो कार्यक्रममा उनले लगाएको लुगामा लेखिएको शब्दले उनको सर्वत्र बिरोधको कारण बन्यो ।

उनले लगाएको ज्याकेटको पछाडी ‘मलाई तपाईको कुनै मतलब छैन, के तपाईलाई छ ? भनेर लेखिएको लेखिएको थियो । मेलानियाले लगाएको लुगा उपयुक्त समयमा नरहेकाले तथा पूर्व फेशन मोडेल रहीसकेकी उनले लगाएको लुगाले दिन खोजेको सन्देश लाईलिएर चर्चा भईरहेको छ ।

लगभग ४ हजारको ज्याकेट लगाएर सामाजिक संजालमा बमण्डर मच्चाएकी उनको बचाउमा पति रोनाल्डोले भुमिका खेलिरहेका छन ।
सामजिक प्रयोगकर्ताले साच्चिकै मेनालियाले कुनै मतलवनै नराखेको र प्रवासीका समस्यालाई पनि ज्याकेट जस्तै हलुका सम्झको जस्ता आलोचना गरिरहेका छन ।

ज्याकेट लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि मेलानियालाई वाशिङटन डीसीको बिमानस्थलमा देखएकी थिईन जसमा उनले त्यहि ज्याकेट लगाएकी थिईन ।  पत्रकारले सोधेका प्रश्नलाई उनले ज्याकेट जस्तै हलुका रुपमा लिईन र उत्तर नै नदिई अगाडि बढिन ।



प्रतिक्रिया दिनुहोस्