Logo

तिलागुफा संरक्षणका लागि पहल



विश्वनाथ सिम्खाडा :  कालिकोट १८ असार । पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण कालिकोट जिल्लाको तिलागुफा पर्यटन प्रवद्र्धनका लागि तिलागुफा ओडारको तिलागुफा नगरपालिकाले पहल शुरु गरेको छ ।

तिलागुफा नगरपालिका वडा र्न ५मा पर्ने गुफा संरक्षणका लागि स्थानीय सरकार जुटेको हो । गाउँपालिकाको नामकरण नै यही गुफाको नामबाट भएको गुफामा पर्यटक भित्र्याउने उद्देश्यले तिलागुफा नगरपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

पहिलो वर्ष सो वडाले १५ लाख वजेट विनियोजन गरि जुम्ला रोड देखि गुफा सम्मको १ किलो मिटर वाटोमाआरसिसि सहित रेलिङ निर्माण गदै आएको छ । तिला गुफा नगरपालिकाका नगर प्रमुख रतन बहादुर शाहीले चालू आर्थिक वर्षमा सडक निर्माणका लागि पहल गरिएको छ ।

गाउँपालिकाको केन्द्रदेखि गुफा सम्मजोड्ने पर्यटकीय सडकलाई वडा नं ५को केन्द्रबिन्दु चौडसम्म पु¥याउने काम भइरहेको छ । वडा अध्यक्ष टिकाराम न्यौपानेका अनुसार नगरपालिकाको समन्वयमा तिला संरक्षण समिति मार्फत वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ ।

गुफाको पर्यटन प्रवद्र्धनका लागि जिल्ला वाट गुफाको अवलोकनका लागि आन्तरिक प्रर्यटकहरु जने क्रम वढ्दो रहेको छ ।सो गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि तिला नदिमा डुंगा निर्माण गर्ने पनिवताउदै अन्य सम्भावित पर्यटकीय स्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचार प्रसारगर्न थालिएको बताउनु भयो ।।

प्राकृतिक धार्मिक महत्व बोकेको सो गुफाकोलम्बाइ ४० मिटर तथाचौडाइ करीब ३ मिटर रहेको छ । सो गुफाको वनावट प्रयाकृतिक रहेको हुनाले यस लाई जस्ताको तस्तै राख्ने र गुफा सम्मपुग्नको लागि सडक व्यवस्थापन गर्नु प्रर्ने वडा अध्यक्ष न्यौपानेले बताए



प्रतिक्रिया दिनुहोस्