काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ ।
अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो ।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिए ।
थापालेका अनुसार “आगामी आवको शुरुवातमा नै काम शुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हँुदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।”
यो पनि पढ्नुहोस्
रानीपोखरी पुनर्निमाणको मिति फेरि सर्यो
रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख
रानीपोखरीमा कमिसनको रडाको, ठेकेदार र कर्मचारीबीच अवैध लेनदेन !
पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ ।
यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।
पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।
प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात नेसं ७८९ ९विसं १७२५० मा भएको थियो र नेसं ७९० विसं १७२७÷इसं १६७० मा शिलापत्र राखिएको थियो । यसलाई नेपाल संवत् ८११ इसं १६११मा न्हुरपुखुर न्हुपुखु भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।
बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र स्केचबाट पनि प्रष्ट हुन्छ । रासस