Logo

रातो झण्डा ओढेपछि अपराध माफ हुने प्रचलन अन्त्य हुनुपर्छ: नेता पौडेल



काठमाडौं १९ आषाढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रातो झण्डा ओढेपछि सबै अपराध माफ हुने प्रचलनको अन्त्य हुनुपर्ने बताएका छन् ।

छोराको हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्ने क्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फुजेल काण्डका सबै दोषीहरुलाई कारबाही गरेर गङ्गामायालाई न्याय दिनुपर्ने बताएका हुन् ।

गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६ औं दिनमा आइपुग्दा थप बिग्रिएको छ ।

मंगलवार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका वरिष्ठ नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गङ्गामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएका छन ।

पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३६ औं दिन भइसकेको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिले भन्दा जटिल बन्दै गएको बताएका थिए । स्वास्थ्यकर्मीहरुले भने,शरीर सुन्निदा हातको नशा नभेटिएको कारण गङ्गामायालाई घाँटीको नशाबाट स्लाइन दिइएकोे छ ।

अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको नेता पौडेलको भनाई थियो ।

उनले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइवीलाई छानविन गर्न नस्क्दा गङ्गामायाको यो अवस्था भएको जिकिर गरे । अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउदै गएको टिप्पणी थियो ।

वरिष्ठ नेता पौडेलले भने–‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको छ ।’

२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् ।

अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् ।

अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरण पछि हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो । ३ वर्ष ९ महिनादेखि मृतक अधिकारीको लास शिक्षण अस्पताल महाराजगंजको सवगृहमा छ ।

यो पनि पढ्नुहोस्

गंगामायाको जीवनरक्षाका लागि धर्ना

श्रीमान् मरेकै ठाउँमा मर्न मनलाग्यो र आईसियुमा आएँ : गंगामाया

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग



प्रतिक्रिया दिनुहोस्