Logo

मुग्लिङ सडकमा ५० मिटर पहिरो खस्यो, खुल्न लामो समय लाग्ने



चितवन, २० असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्