Logo

जुफाल विमानस्थल ४ दिनपछि सञ्चालनमा



डोल्पा, २० असार । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।

वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज-डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।

आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बड्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिएका छन् ।

यो पनि पढ्नेहोस्

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

डोल्पा पदयात्रामा तीन भारतीय पूर्व राजदूतहरु

बर्षाका कारण कर्णलीका उडान प्रभावित

लगातार वर्षाका कारण दैनिक हवाइ उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको पनि उहाँले बताए । जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् ।

डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत छ । रासस



प्रतिक्रिया दिनुहोस्