Logo

संसदको शुन्यसमयमा के–के माग राखे त सासंदहरुले



काठमाडौँ, २० असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

सांसद बिमाला नेपालीले प्राकृतिक प्रकोपका घटनाबाटपीडित जनतालाई राहत पु¥याउन सरकारलाई सुझाव दिईन ।

सांसद भरतकुमार साहले अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका वारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद भवानीप्रसाद खापुङले तेह्रथुम–वसन्तपुर सडकखण्ड पहिरोले अवरोध हँुदा आवतजावतमा समस्या भएकाले यसको तत्काल सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन ।

सांसद महेश बस्नेतले नेपाली सेनाभित्र सामान खरिद तथा बन्दोबस्तीका सामान र विकास निर्माणमा भएको भनिएको अनियमितताबारे सरकारले आवश्यक छानबिन गरोस् भनेका छन ।

सांसद महेश गहतराजले वर्षासँग आएको बाढी पहिरोमा परी मुलुकका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको सूचना प्राप्त भएकाले यसबारे सरकारबाट जानकारीको माग गरेका छन ।

सांसद मीनबहादुर विश्वकर्माले सुनसरीका विभिन्न सडक सुधार र स्तरोन्नति गर्न माग राखेका छन।

सांसद मोहन बानियाँले वर्षाले कर्णालीका विभिन्न सडक, पुल पुलेसा र स्थानीय जनजीवनमा असर पुगेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बेलैमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले संघीय प्रहरी ऐन बन्दै गरेको सन्दर्भमा प्रदेश नं २ ले छुट्टै प्रहरी ऐन बनाउन लागेकोमा आपत्ति जनाएका थिए ।

सांसद योगेश भट्टराईले ताप्लेजुङका अधिकांश सरकारी कार्यालय हटाउने भन्ने समाचार सञ्चार माध्यममा आएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै हालका सबै कार्यालय निर्वाध रुपमा सञ्चालन गरिनुपर्नेमा जोड र्दिएका छन ।

सांसद रङ्गमती शाहीले मानसरोवर यात्राका अलपत्र तीर्थयात्रीको प्रभावकारी उद्धारमा सक्रियता जनाउन आग्रह गरे ।

सांसदद्वय राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसंग माग गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्