Logo

कस्ता उपाय लगाएर केटिलाई आफुप्रति आर्कषित गर्थे संजय दत्त ?



मुम्बई २१ असार । राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’को प्रर्दशन हाल चलिरहेको छ । जसमा संजयको भुमिकामा रणबीर कपुर देखिएका छन । प्रर्दशनमा आएको ६ औ दिनमा फिल्मले करिव १८० करोड भारु कमाई सकेको छ ।

फिल्ममा संजय कपुरको जिन्दगिमा आधारित रहेर धेरै नयाँ कुराहरुलाई पनि देखाईएको तर उनकि पहिली श्रीमती र छोेरीको भुमिकालाई पर्दामा उत्तारिएको छैन । बलिउडमा चलेको हल्लाका अनुसार उनकि ३०८ प्रेमिका थिईन तर फिल्ममा एक मात्र देखाईएको छ । फिल्म हेर्दा सायद राजकुमार हिरानिले यो फिल्म संजयलाई सुधार्नकैलागी बनाएका हुन ।

निर्देशकका अनुसार संजय दत्त केटिहरुलाई आफ्नो बसमा पार्न नयाँ नयाँ उपाएको प्रयोग गर्दथे । हिरनीका अनुसार उनि जुन केटिलाई मन पराँउन्थे त्यसलाई आफ्नी आमाको नक्कली चिहानमा लगेर उसको भावनालाई जित्ने गर्दथे । केटिलाई थाहा हुदैन थियो कि सजंयले उनिसंग झुटो बोलिरहेका छन भनेर ।

‘सञ्जु’मा यस्तो केहि नदेखाएपनि फिल्मले केहि रेकर्डभने तोडीसकेको छ । बलिउडका सुपरस्टार मानिएका सलमान खान, शाहरुख खान र अमिर खानका फिल्मलाई पछाडी छोड्न सफल भएको छ ।

एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्