Logo

सलमानले छिमेकिलाई किन दिए दुःख ?



मुम्बई, २१ असार । बलिउड अभिनेता सलमान खानले प्राय अरुलाई सहयोग गरेको देखिएपनि हालै उनले आफ्ना छिमेकिलाई दुःख दिएको खुलासा भएको छ ।

प्राप्त जानकारिका अनुसार सलमानलाई एक बृद्ध दम्पतिमाथी चिन्ता दिईरहेको आरोप लागेको हो । मुम्बईका स्थानिए बासिन्दा केतन कक्कड र उनकी श्रीमती केतन कक्कड जो तीनवर्ष पहिलामात्र अमेरीकाबाट भारत आएका थिए । अब पनवेलमा आफनो नयाँ घर बनाउन चाहिरहेका छन ।

बृद्ध दम्पतिका अनुसार जब उनी आफ्नो ‘फार्म हाउस’मा आउने जाने गर्दथे तेतिन्जेलसम्म सलमान उनका असल छिमेकी रहेका थिए । तर जब यो दम्पति अमेरीकाबाट भारत फर्कीए र त्यहाँ घर बनाउने चाहेकाले अब उनलाई सलमानले दःख दिईरहेका छन ।

१९९६ मा कक्कड परिवारले यो जमिन २५.५ लाख भारतीय रुपैयामा किनेका थिए । जमिन किन्ने समयमा उनले सलमानका बुबा सलीम खानसँग यसको लागि अनुमति पनि मागिसकेका थिए ।

यो पनि पढ्नुहोस्

यस्तो बन्दैछ सलमान खानको नयाँ घर

सलमान खानको चलचित्र ‘भारत’ को नाम परिवर्तन

सलमान खानको हत्या योजनाको खुलासा,आरोपि पक्राउ

कक्कड दम्पतिको आरोप अनुसार ‘फार्म हाउस’ को बाटोमा सलमानले गेट लगाएका छन । सलमानको घोडाको लागि पनि लाईट लगाएका कारण उनको परिवारलाई बिजुलिको अभाव भईरहेका छ ।

जमिनको मालिक भएपनि उनले आफ्नो घर बनाउन सकिरहेका छैनन र बिजुली जस्तो अत्यावस्यक चिजको पनि उपभोग गर्न पाएका छैनन् । खबरका अनुसार बन विभागका जुन अधिकारीसँग उनले आवाज उठाएका थिए, ति कर्मचारीको पनि सरुवा गरिएको छ ।

दम्पति परिवारका अनुसार यो मुद्धालाई मिलाउनका लागि उनले बन मन्त्रीलाई पनि जानकारी गराएका थिए । जहाँ मन्त्रीले पनि न्यायको आश्वासन पाएका उनले त्यसको चारदिन पछाडी सलमान मन्त्रीको घरमा पार्टी गरिरहेका भेटिए । परिवारका अनुसार खलमानको खानदानको प्रभावका कारण कुनै पनि सुनुवाई भइरहेको छैन । खबरका अनुसार हाल सलमान खान आफ्नो ‘दवंग टुर’को सिलसिलामा अमेरीकाको यात्रामा रहेका छन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्