Logo

रितेश र जेनेलियाको जीवन संसारलाई नियाल्दा



काठमाडौं, २२ असार । बलिउडमा सबैभन्दा बढी उचाइएका जोडीहरू मध्ये रितेश देशमुख र जेनेलिया डिसुजा देशमुखको जोडी पनि एक हो। सन् २०१२ फेब्रुअरी ३ मा यी दुई सुन्दर र सुन्दरीको बिहे भएको थियो र सन् २०१४ नोभेम्बर २५ मा एक छोरा जन्माएका थिए। उनीहरूले आफ्नो छोराको नाम ‘रियान रितेश देशमुख’ राखेका थिए। रितेश–जेनेलियाको जोडीलाई सबैभन्दा रोमान्टिक र सुन्दर जोडी मानिन्छ। यी जोडीको बारेमा केही तथ्यहरू पढ्नुहोस्।

१। रितेशले आफ्नी पत्नी जेनेलियाको बारेमा सबैभन्दा मन पर्ने कुरा भनेको उनको स्फुर्ती अनि जाँगर भएको बताएका छन। चलचित्रमा होस् या वास्तविक जीवनमा, उनी जहिले पनि सक्रिय नै रहन्छिन्। उनको आशावादी र सकारात्मक विचारले जो कसैलाई पनि परिवर्तन गर्न सक्छ।

अक्षय कुमार अब हक्की खेलाडी

रणवीरको बिवाहमा दुईजनालाई मात्र निम्तो

बिवाहनै नगरि आमा बनेकी बलिउड नायिकाको चर्चा

२। रितेश–जेनेलियाको प्रेम सम्बन्धमा एकदमै गोप्य बढी हुने गर्दछ। उनीहरू दुवैले आफ्नो नीजि जीवनको बयान मिडियालाई गर्न नपर्ने विश्वास राखेका छन ।

३। उनिहरूको प्रेम सम्बन्ध एकदमै फिल्मी शैलीमा भएको थियो। दुवैजनाको डेब्यु चलचित्र‘‘तुझे मेरी कसम’ मा सँगै काम गरेपछि करिब ८ वर्षसम्म उनिहरूले सँगै काम गरेनन्। त्यसपछि जेनेलिया केरला फर्किएकी थिइन् तर त्यो दुरीलाई उनिहरूको प्रेम सम्बन्धको बाधक बन्न भने दिएनन्।

४। रितेशले “कहिलेकाहिँ जेनेलियासँग दाँजो गर्न सक्छु जस्तो लाग्दैन भनेर पनि खुलासा गरेका थिए। जेनेलियाको जाँगर, स्फुर्ती र सकारात्मक भावनाको सामुन्ने म झुक्न मात्र सक्दछु।” भने ।

५। उनिहरूको प्रेम सम्बन्ध भएको १० वर्षपछि मात्र उनिहरूले बिहे गर्ने निर्णय गरेका थिए।

६। रितेशको परिवारले भने जेनेलियालाई स्वीकार गर्न तयार भएका थिएनन्, तर रितेशले आफ्नो माता(पितालाई सम्झाइ बुझाइ बिहे गर्दिनको लागि राजि गराएका थिए। एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्