Logo

भुकम्प प्रभावित बाहेक सबै जिल्लका बिद्यालय भवनको प्राविधिक परिक्षण हुने



काठमाडौँ, २२ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ ।

उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ ।

विद्यालय व्यवस्थापन समिति, गैरसरकारी सस्था, निजी भवन निर्माण व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय गरी तीन ढाँचामा इकाइले ती ३१ जिल्लाका ६ हजार १८५ विद्यालय भवन पुनःनिर्माण जारी राखेको छ । भूकम्पबाट प्रभावित नभएका जिल्लाका विद्यालयको पनि प्राविधिक परीक्षण गर्न लागिएको इकाईका प्रमुख एवं सहसचिव इमनारायण श्रेष्ठले जानकारी दिए ।
भूकम्पले क्षति पु¥याएका विद्यालयका पुनःनिर्माण प्रगति र योजना विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले विद्यालय भवन पुनःनिर्माणमा स्रोत र साधनको कमी नहुने जानकारी दिएका छन ।

विसं २०७२ को भूकम्पले विशेष गरी ती ३१ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । तीमध्ये ३७० विद्यालय एक अर्कामा गाभिएका, ४५० विद्यालयका जग्गाको कारण तत्काल निर्माणमा सम्भव नदेखिएको इकाईले जनाएको छ । विद्यालय पुनःनिर्माण कार्यविधि अनुसार सरकारको विद्यालय पुनःनिर्माण कार्यमा एशियाली विकास बैँक, भारत, चीन र जापान सरकारले सहयोग गरिरहेका छन् ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाका उपनिर्देशक दीलीपकुमार श्रेष्ठले सुरक्षित विद्यालय नीति तयार गरी मन्त्रिपरिषद् कार्यालयमा पेश भएको जानकारी दिँदै नीतिले विद्यालयलाई भौतिक एवं शैक्षिक दुबै दृष्टिले सुरक्षित बनाउन जोड दिएको बताए।रासस



प्रतिक्रिया दिनुहोस्