Logo

विधेयक सर्वसम्मतले पारित



धनगढी,२२ असार । प्रदेश नं७ प्रदेशसभाको आजको बैठकमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रस्तुत गरेको मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५सर्वसम्मतले पारित भएको छ ।
यसअघि विधेयकमाथि भएको छलफलमा तीन सदस्यले धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही असार २४ गते अपराह्न ३ बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्