मुम्बई, २३ असार । बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात गरिरहेको छ । फिल्म पहिलो हप्तामा नै २ सय क्लबमा इन्ट्री भएको छ । २९ जूनमा रिलिज भएको फिल्मले प्रदर्शनको ७ दिनमा २०२। ५१ करोडको आँकडा पार गरेको छ ।
फिल्मले कमाईको मामलामा बलिउडका कयौं बल्कबस्टर फिल्मलाई समेत मात ख्वाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको १ हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।
ुसञ्जूु ले शुक्रवार ३४।७५ करोड, शनिवार ३८।६० करोड, आइतवार ४६।७१ करोड, सोमवार २५।३५ करोड, मंगलवार २२।१० करोड, बुधवार १८।९० करोड र बिहीवार १६।१० करोडको कलेक्सन गर्दै भारतमा कूल २०२।५१ करोड कमाएको छ ।
१। ३ इडियट्सु को कलेक्सनभन्दा सञ्जूु माथि
राजकुमार हिरानी निर्देशित सञ्जूु को फर्स्ट वीक कलेक्शनले ३ इडियट्सु को लाइफटाइम कलेक्सन २०२।४७ करोडलाई समेत पछाडि छाडेको छ । आमिर खान स्टारर यो फिल्मले नै बक्सअफिसमा २ सय करोडको ट्रेन्ड सुरु गरेको थियो । अब हिरानीको नै दोस्रो फिल्म ुसञ्जूु ले यो रेकर्ड तोडेको छ ।
२। २ सय करोड कमाउने रणबीरको पहिलो फिल्म
फिल्म सञ्जूु २ सय करोड क्लबमा सामेल भएपछि यो अभिनेता रणबीर कपूरको सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ । अहिलेसम्म ये जवानी है दीवानीु १९०।०३ करोडको लाइफटाइम बिजनेससँगै उनको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो ।
३। नन(होलिडे २ सय करोड कमाउने दोस्रो फिल्म
सञ्जू नन (होलिडेमा एक हप्ताभित्र २ सय करोड कमाउने दोस्रो फिल्म बनेको छ । यो लिस्टको पहिलो नम्बरमा बाहुबली २ छ, जसले नन (होलिडे ७ दिनमा २४७ करोड कमाएको थियो ।
४। एक दिनमा सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म
रणबीरको फिल्मले एक दिनमा सबैभन्दा बढी कलेक्सन गर्ने बाहुबलीु को रेकर्ड समेत ध्वस्त पारेको छ । बाहुबलीु ले तेस्रो दिन ४६।५० करोड कमाएको थियो । जुन एक रेकर्ड थियो । तर, सञ्जू ले प्रदर्शनको तेस्रो दिन ४६।७१ करोड कमायो । यो भारतमा एक दिनमा कुनै फिल्मको सबैभन्दा बढी कमाईको रेकर्ड हो ।
५। २०१८ को सबैभन्दा ठूलो ओपनिङ डे फिल्म
सञ्जू वर्षको हाईएस्ट ओपनिङ वीकेन्ड फिल्म बनेको छ । फिल्मले पहिलो दिन ३४।७५ करोडको कमाईसँगै रेस ३ र बागी २ को रेकर्ड समेत तोडेको छ । पहिलो दिन रेस ३ ले २९।१७ र बागी २ ले २५।१० करोड कमाएको थियो ।
६। सबैभन्दा ठूलो वीकेन्ड ओपनर फिल्म
अहिलेसम्म सञ्जय लीला भंसालीको फिल्म पद्मावतु को नाम ११४ करोडको कमाईसँगै सबैभन्दा ठूलो वीकेन्ड ओपनरको रेकर्ड थियो । पद्मावतको वीकेन्ड ५ दिनको थियो । तर, सञ्जूले ३ दिनमा नै १२०।०६ करोडको कलेक्सन निकाल्यो ।