काठमाडौं २३, असार । बलिउड अभिनेत्री सोनाली बेन्द्रे केहि समय यता हाई ग्रेड क्यान्सरबाट पीडित छिन् । एउटा रियालिटी शोमाको सिलसिलामा जज गरिरहेकी उनि अचानक अस्वस्थ बनेकी थिइन् र स्वास्थ्य परिक्षण गर्दा क्यान्सर देखिएको थियो ।
जानकारीका अनुसार अमेरिकाको न्यूयोर्कमा उनको उपचार गराईरहेकि उनको क्यान्सर शरीरमा फैलिसकेकाले उपचार अत्यन्त जटिल मानिएको जनार्ईएको छ ।
गम्भीर अवस्थामा रहेकि उनले हिम्मत हारेकी छैनन् । उनी अहिले पनि सामाजिक सञ्जालमा एकदम सक्रिय छिन् । आफूलाई स्वास्थ्यलाभको कामना गर्ने हरेक सेलिब्रिटीहरुलाई व्यक्तिगतरुपमा जवाफ पनि दिइरहेकी छन् ।
केही समयअघि क्याम्सरबाट मुक्त भएकी बलिउडकी नेपाली नायिका मनिषा कोइरालाले ट्विटरमा सोनालीलाई स्वास्थ्यलाभको कामना गर्दे लेखेकि छिन, ‘भगवानको कृपाले तिमी चाँडै ठिक हुने छौ र खुशीको समाचारसहित घर फर्किने छौ । मेरी साथीलाई माया र प्रार्थना ।’
जसको प्रति उत्तर दिँदै सोनालीले लेखेकी छिन्, ‘धन्यवाद मनिषा । तिमी मेरो प्रेरणा हौ ।’ केही वर्षअघि पाठेघरको क्यान्सरबाट पिडित बनेकी मनिषा पनि अमेरिकामा लामो उपचारपछि स्वस्थ भएकी थिइन् । उनी यतिबेला बलिउडमा सक्रिय छिन् ।