Logo

मुस्ताङको घटनाले सभामुख मर्माहत



काठमाडौँ, २३ असार । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन ।

आज एक शोक वक्तव्य जारी गरी उनले उक्त दुर्घटनामा परी रोल्पाका नौ जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक÷एक जना गरी २० जना मजदुरको दुःखद् निधन भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका हुन।

दुर्घटनामा परी निधन भएका मजदुरप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभामुख महराले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गरेका छन ।

उनले दुर्घटनामा निधन भएका मजदुरको शव घरसम्म पु¥याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित पक्षसँग अनुरोध गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्