Logo

तुम्लिङटारमा दोस्रो ठूलो विमानस्थल बन्ने !



मोहन तामाङ : संखुवासभा, २४ असार । संखुवासभाको तुम्लिङटारमा प्रदेश नं. १ को दोस्रो ठूलो बिमानस्थल बन्ने भएको छ । पुर्वाञ्चलका पहाडी क्षेत्रमा मौसम खराब हुदाँ केही समय एअरलाइन्स आकासमा रोकेर राख्न कठिन हुने भएकोले आपतकालिन समयमा जहाज अवतरण गर्ने बिमानस्थल नभएकोले तुम्लिङटारमा ठूलो बिमानस्थल बनाउन पहल भईरहेको प्रतिनिधी सांसद राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

कम्तीमा ४८ सिटसम्मको एअरलाईन्स तुम्लिङटारमा राख्न सक्ने खालको बिमानस्थल बनाउनलाइ तुम्लिङटारमा ठाउँ भएको र माथिलो निकायमाबाट पनि बजेटल बिनियोजन हुने भएकाले जिल्लाको बिकासका लागि यो काम अति महत्वपुर्ण रहेको गौतमले बताए ।

रिपोर्टर्स क्लब नेपाल शाखा संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले भने,‘संखुवासभालाई समृद्धि तर्फ लानको लागि धार्मिक तथा पर्यटक क्षेत्रमा, जल बिद्युतको क्षेत्रमा, सडक र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकताकासाथ लिएर अगाढि बढे जिल्लाको समृद्धि हुनेछ ।’

जिल्लामा विभन्न धार्मिक क्षेत्र रहेको र धार्मिक पर्याटक जिल्लामा भित्र्याउन सके जिल्लालाई फाईदा हुुने गौतमले बताए । उनले भने,‘अहिले संखुवासभामा जल स्रोत पनि धेरै भएको जल बिद्युत उत्पादन गरि विभिन्न ठाउँलाई बेच्न सके पनि जिल्लालाई फाइदा हुनेछ । बिकास निर्माणमा रहेको सडक आम जनताको चासो बिषय भएको छ र यो सडक निर्माणमा अझै गम्भिरता पुर्वक लागेको छु ।’

क्लबका शाखा अध्यक्ष मोहन तामाङको सभापत्विमा आयोजित पत्रकार सम्मेलनमा सांसद गौतमले खेलकुदको क्षेत्रमा पनि जिल्लामा विभिन्न खेलमा अब्बल खेलाडि भएको र जिल्लामा आधुनिक रंगशालाको आवश्यकता देखिएको र रंगशाला निमार्णमा जुट्ने वचन समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्