Logo

चर्चीत तर बिश्वकप जित्न नसकेका असफल खेलाडी



काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपलाई अप्रत्याशित परिणाम बोकेको विश्वकप भन्दा फरक नपर्ला । विश्वकपको पहिलो चरणबाटै साविक विजेता जर्मनी बाहिरियो । दोस्रो चरणबाट अर्जेन्टिना, पोर्चुगल, स्पेन जस्ता बलिया मानिएका टोली बाहिरिए । तेस्रो चरणमा पुगेर पाँच पटकको विश्वविजेता ब्राजिल पनि घर फर्किन बाध्य बन्यो । योसँगै ती टिममा रहेका केही ठूला स्टारको विश्वकप जित्ने सपना अधुरै रह्यो । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता अहिलेका उत्कृष्ट फुटबलरले विश्वकपको उपाधि जित्न सकेनन् । यी दुईले चार विश्वकप खेले तर अन्तिम १६ मा गोल गर्न सफल हुन सकेनन् ।
चार वर्षपछि कतारमा हुने विश्वकपमा खेल्ने हो भने ३१ वर्षिय मेस्सी र ३३ वर्षिय रोनाल्डोले पुनः एकपटक विश्वकप जित्ने प्रयास पक्कै गर्नेछन् । तर, पनि उनीहरूको उमेरका कारण पनि त्यो विश्वकपमा उत्कृष्ट खेल्न सक्छन् भन्नेमै शंका उत्पन्न हुन्छ । मेस्सी र रोनाल्डो अहिलेका सर्वश्रेष्ठ खेलाडी त हुन् नै तर उनीहरूले आफ्नो देशका लागि विश्वकप भने दिलाउन सकेनन् ।
उनीहरू मात्रै होइनन्, यो भन्दा पहिला पनि केही उत्कृष्ट खेलाडी पनि यस्तै अभागि ठहरिएका छन् । उनीहरूले आफ्नो खेलले संसारलाई लठ्ठ बनाए तर आफ्नो देशलाई विश्वकप भने जिताउन सकेनन् ।

१। जोहान क्रुफ ९हल्याण्ड०
हल्याण्डका जोहान क्रुफ यूरोपको इतिहासका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन् । १८७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा उनले आफ्नो टिमको नेतृत्व गरेका थिए र ‘टोटल फुटबल’को रणनीति अपनाउँदै फाइनलसम्म पुगे । तर त्यो ऐतिहासिक खेलमा उनको टोली जर्मनीसँग १–२ गोल अन्तरले हा¥यो । क्रुफले तीन पटक गोल्डेन बलको उपाधि जिते तर आफ्नो देशलाई विश्वकप जिताउन सकेनन् ।

२। फेरेन्स पुस्कास ९हंगेरी–स्पेन०
पुस्कासलाई एक सर्वकालिन उत्कृष्ट फवार्डका रुपमा लिइन्छ । १९५२ मा भएको ओलम्पिकमा उनले आफ्नो देशलाई स्वर्णपदक दिलाए । १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकपमा उनको टोली फाइनलसम्म पुग्यो पनि । उनको टिम उपाधिको प्रवल दावेदार थियो तर पश्चिम जर्मनीसँग हार्न पुग्यो । १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र त्यही वर्ष चिलीमा भएको विश्वकप पनि खेले । त्यो विश्वकप पनि उनले जित्न सकेनन् ।

३। अल्फ्रेडो डि स्टेफनो ९अर्जेन्टिना–स्पेन०
फिफाले स्टेफनोलाई २० औं शताब्दीका पाँच उत्कृष्ट फुटबलरको सूचीमा समावेश गरेको थियो । यो सूचीमा पेले, म्यारोडोना, क्रुफ र बेकेनबाउर समावेश थिए । उत्कृष्ट फुटबलर भए पनि स्टेफनोले विश्वकप जित्न सकेनन् । उनले १९५० र १९५४ को विश्वकपमा अर्जेन्टिनाबाट खेलेका थिए । अर्जेन्टिना छोडेर स्पेनको नागरिका लिएका उनले १९५८ को विश्वकपमा स्पेनलाई छनौट गराउन सकेनन् । त्यसको चार वर्षपछि चिलीमा भएको विश्वकपमा चोटका कारण उनले खेल्न सकेनन् ।

४। यूसेबियो ९पोर्चुगल०
यूसेबियोको जन्म मोजाम्बिकमा भएको थियो । त्यो समय त्यहाँ पोर्चुगलको शासन थियो । युसेबियो पोर्चुगलका महान फुटबलर मानिन्छन् । १९६५ मा उनी यूरोपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । त्यसको एक वर्षपछि इंग्ल्याण्डमा भएको यूरोकपमा यूसेबियोले उत्कृष्ट खेल्दै टोलीलाई सेमिफाइनलसम्म पु¥याए । तर त्यो खेलमा इंग्ल्याण्डले पोर्चुगललाई १–२ गोलले हरायो ।

५। जोर्ज बेस्ट ९उत्तरी आयरल्याण्ड०
उत्तरी आयरल्याण्डका यी महान फुटबलर कहिले पनि विश्वकपमा सहभागि हुन सकेनन् । उनले डेनिस लावी बबी चाल्र्टनसँग मिलेर १९६८ को यूरोपियन कपमा आफ्नो टिम म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाए । त्यही वर्ष उनी यूरोपका सर्वश्रेष्ठ खेलाडी चुनिए ।

६। म्याक्रो वेन वेस्टन ९हल्याण्ड०
म्याक्रोले केवल एकमात्रै विश्वकप खेले । १९९० मा इटालीमा भएको विश्वकपमा उनले खेलेका थिए । १९८८ मा उनले आफ्नो टिमबाट यूरोपियन च्याम्पियन्सशिपको उपाधि जितेका थिए । १९९२ मा उनी विश्वका सर्वश्रेष्ठ खेलाडी भए र गोल्डेन बल समेत जितेका थिए । १९९३ मा २८ वर्षको हुँदा खुट्टामा लागेको गम्भिर चोटले उनको करियर समाप्त भयो । यी बाहेक अन्य थुप्रै उत्कृष्ट खेलाडीले विश्वकप जित्न सकेनन् । पाउलो मेडिल्नी ९इटाली०, लुइस फिगो ९पोर्चुगल०, जिको ९ब्राजिल०, रोबर्टो बेगियो ९इटली० र माइकल प्लेटिनी ९फ्रान्स० पनि यो सूचीमा समावेश छन् ।
बीबीसी



प्रतिक्रिया दिनुहोस्