Logo

गम्भीर प्रकृतिका रोगीलाई रु १२ लाख सहयोग



ललितपुर, २४ असार । गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४÷७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख महर्जनले जानकारी गराए।

आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्