Logo

गर्भपतनले महिलामा मनोवैज्ञानिक सम्बन्धि समस्या बढ्दो



काठमाडौँ, २४ असार । गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ ।

क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेले बल्खुस्थित बयोधा अस्पतालमा आज आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिईन ।उनले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको उनको भनाई रहेको छ ।

गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको प्रा डा हाडाको भनाइ छ । उनका अनुसार हाल करीब ४७ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ ।

झन्डै तीन दशकदेखि स्त्री तथा प्रसूति रोगको उपचारमा समर्पित प्रा डा हाडा पहिलेपहिले महिलामा अज्ञानताका कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज शिक्षित र सचेत भएका कारण यस्ता समस्या घट्दै गएको बताईन ।

“महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्या कम गर्न सकिन्छ,” उनले भनिन ।कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्