काठमाडौँ, २५ असार । संजय दत्तको बायोपिक ‘सञ्जु’ले बक्स अफिसमा सफल्ताको कहानी लेखिसकेको छ । यो फिल्मले प्रर्दशनमा आएको केवल ९ दिनमा मात्रै २३६ करोड रुपैया भारुको कारोबार गरेको छ ।
कमाईको हिसावबाट बलिउड तालिकाका पाँचौ फिल्मबन्न सफल भएको छ । तेस्रो हप्ताका अन्तिमसम्ममा अरु पनि रेकर्ड राख्दै जाने आशा गरिएको छ ।
यो फिल्ममा आफ्नो बबाल भुमिका निभाएका रणवीर कपुर र अन्य कलाकारको पनि मजैले चर्चा गरिदै आईएको छ । निर्देशक राजकुमार हिरानीले यो फिल्मबाट आफु सक्षम रहेको प्रमाणित गरिदिएका छन ।
बलिउडमा आज भोलि सञ्जुको सम्बन्धमा अनेक कुराले चर्चा पाईरहेको छ जस्तो कि ‘सञ्जु’को निर्माणबाट संजय दत्तले के पाए ? चर्चामात्रै कि पैसा पनि ?
प्राप्त जानकारी अनुसार यो फिल्मको लागि संजय दत्तले मोटो रकम लिएका थिए र फिल्मको पुरा कमाईको एक भाग उनले पाउँने सर्त पनि राखेका थिए । एक सुत्रले बताए अनुसार संजयको बायोपिक सित्तैमा बनेको होइन ।
संजय दत्तले यस फिल्ममा १० करोडको ठूलो धनराशि लिएका थिए । कमाईको प्रतिशतको हिसाब भिन्नै रहेको छ । पैसा लिईसकेपछि मात्रउनले निर्माता विधु चोपडा र निर्देशक राजकुमार हिरानीलाई फिल्मको काम थाल्ने अनुमति मिलेको थियो ।
फिल्ममा संजय दत्तको जीवनका धेरैकुरा नदेखाएका कारण बिरोध पनि खेपिरहेको छ ।एजेन्सि