Logo

सलमानले चाहेका थिए जूही चावलासंग जीवन बिताउन !



काठमाडौं, २६ असार । सलमान खान र जूही चावला दुबैलेसंगै फिल्म त खेलेका छन तर यि दुईकोबीचमा कुनै सम्बन्धको बिषयमा कुनै समाचारहरु सर्वजनिक गरिएनन् ।

सम्बन्धको सम्बन्ध तपाईलाई यो जानकारीले हैरान बनाउन सक्छ कि सलमान खान जूली चावलासंग विबाह गर्न चाहेका थिए भनेर । जुनकुरा हाम्रो अनुमानले होईनकि अहिले आएर स्वयम सलमानलेनै यस्को राज खोलेका हुन ।

सलमान जब २६–२७ बर्षका थिए । उनको एक भिडियो सार्वजनिक गरिएको छ । जसमा उनले बताईरहेका छन की उनले जूहीका बुबासंग उनको हात मागेका थिए भनेर । जब सलमानले बिबाहको निम्ति उनको हात मागेका थिए तर उनका बुबाले मानेनन् ।

भाइरल भईरहेको उक्त भिडियोमा उनि भनिरहेका छन ‘जुही धेरै मायालु र प्यारि छिन मैले त उनका बुबासँग सोधेकोपनि थिए कि तपाई जूहीको बिबाह म संग गर्न दिनुहुन्छ भनेर ? तर उनका बुबाले ठाडै अस्विकार गरे । थाहा थिएन उनले के खोजेका थिए ?

सामाजिक सञ्जालमा भाइरल भईरहेको यो भिडियोमा सलमानले मजाग गरेका हुन वा उनी साच्चै जुहिका प्रेममा पागल थिए । तर यो साचो थियो कि उनीहरुले सालै पहिला कुनै मनमुटाबको कारण एक अर्कासँग दुरी बनाएका थिए जस्को कारण उनिहरुले यसपछि कहिलै एकसाथ फिल्म खेलेनन् ।

समाचारमा बताई अनुसार एकचोटि सलमानको साथमा जूहिले फिल्म खेल्न मनाहि गरेकि थिईन त्यहि अनुुरुप सलमानले कहिल्यै उनसंग फिल्म खेलेनन् । हालै आएर जूहीले सलमानको साथमा फिल्ममा देखिने इच्छा देखाएकि थिईन तर सलमानले कुनै प्रतिक्रिया दिएका छैनन ।



प्रतिक्रिया दिनुहोस्