Logo

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु



काठमाडौं २९ असार । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार भोताङका ७५ बर्षिय भिमबहादुर तामाङ, भोताङकै ५५ बर्षिया जयरामी तामाङ र ५३ बर्षिया नानी तामाङको घटना स्थलमै मृत्यु भएको हो । ५६ बर्षिय बोधोम तामाङ र २५ बर्षिया सुनमाया तामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङतर्फ गइरहेको लु १ ख १९९ नम्बरको जिप राति करिब फ्याफुल्ला डाँडाबाट ४ सय मिटर तल खसको थियो । बर्षाका कारण उद्धार ढिलो हुँदा बाच्ने सम्भावना भएका दुई जनाको मृत्यु भएको स्थानियले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्