पर्वत, २९ असार । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन ।
जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभालाई बिहीबार साँझ सम्बोधन गर्दै तिमिल्सिनाले स्थानीय तहमा केही लोभी पापी मन सक्रिय बन्दै गएको र भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको गुनासो आएको बताउँदै नागरिकलाई विनाझण्झट सेवा प्रवाह गर्न, बिचौलियाको अन्त्य गर्न तथा कमिसन त्याग्न आग्रह गरेका छन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले पाँच वर्षभित्र निर्वाचनअघि गरेका सबै वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गरे। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणमा सबै पक्ष समन्वय गरेर अघि बढ्नुपर्ने जानकारी गराएका छन । रासस