Logo

पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प



ब्रसेल्स, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ ।  एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो सत्रु होइनन् ।”

“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उहाँले भन्नुभयो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्