Logo

कसले र किन गरायो ७० जनाको ज्यान लिनेगरि पाकिस्तानमा बम आक्रमण ?



पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचन र्‍यालीमा भएको बम आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका छन्।
एक स्थानीय राजनीतिज्ञको जुलुसलाई एक आत्मघाती बम आक्रमणकारीले निशाना बनाएका थिए। भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका देशका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्केका दिनमा सो घटना भएको हो।


त्यसअघि उत्तरी नगर बन्नुमा भएको बम विस्फोटनमा चारजनाले ज्यान गुमाएका थिए। दुई दिनअघि पनि पेशावरमा आयोजित राजनीतिक भेलामा भएको आत्मघाती बम हमलामा २० जना मारिएका थिए। उक्त आक्रमण आफूले गराएको तालिबानले दाबी गरेको थियो।
नवाज शरिफ लन्डनबाट अबुधाबी हुँदै शुक्रबार साँझ स्वदेश फर्केका छन्। शरिफको पार्टीले भनेको छ उनी उनी स्वदेश फर्कनुअघि उनका सयौँ समर्थकहरूलाई अधिकारीहरूले पक्रेर थुनामा राखेका छन्।

यो पनि पढ्नुहोस

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

एउटा भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर भएका शरिफलाई स्वदेश पुग्ने बित्तिकै पक्राउ गरिने अनुमान गरिएको थियो।

अबुधाबी विमानस्थलबाट बीबीसी उर्दू सेवासँग कुरा गर्दै उनले आगामी आमनिर्वाचनमा विश्वसनियताको कमी रहेको बताएका थिए।
सरकारले जनतालाई दमन गरेकाले निर्वाचनको विश्वसनियता गुम्न लागेकोू उनको भनाइ थियो। शरिफले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाइएको र फैसला गरिएको दाबी गर्ने गरेका छन्।


पाकिस्तानमा आमनिर्वाचनको पूर्वसन्ध्यामा शरिफ र उनकी छोरीलाई उनीहरूको अनुपस्थितिमा गत हप्ता जेल सजाय सुनाइएको थियो।
उनको स्वागतका लागि लाहोर पुगेका एकजना समर्थकले भने, म यहाँ उनलाई स्वागत गर्न आठ घन्टाको यात्रा गरेर आएको हुँ।

हामी नवाज शरिफका लागि ज्यान दिन तयार छौँ। उनको सट्टा म १० वर्ष जेल बस्न तयार छु। उनको स्वदेश आगमनअघि पाकिस्तानमा हजारौँ प्रहरी परिचालन गरिएको छ।उनकि छोरी मरियम पनि शरिफसँगै यात्रामा रहेकि छिन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्