Logo

मुख्यमन्त्री राउतलाई मातृशोक



धनुषा, २९ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतकी ७० बर्षीय आमा राधिका देवीको निधन भएको छ ।

सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।

मृतक राउतका दुई छोरा र दुई छोरी रहेका छन । जेठो छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री हुनभने कान्छो छोरा रामबाबु राउत कृर्षी पेसामा आबद्ध रहेका छन।रासस



प्रतिक्रिया दिनुहोस्