Logo

बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाएःमन्त्रि बिष्ट



काठमाडौँ, ३० असार । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले बताएका छन।

विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने गरेको बताउँदै मन्त्री विष्टले नयाँ प्रणालीको भद्र सम्झौता अन्तर्गत कम्पनीबाट प्रशिक्षार्थी नठगिने बताए ।

नेपालका लागि जापानका नयाँ राजदूत मासामिची साइगोसँग आज मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री विष्टले भने, “जापानमा वृद्धवृद्धाको संख्या बढिरहँदा नेपालबाट केयरगिभर सेविका पठाउन सकिने ठूलो सम्भावना रहेको छ ।”

श्रम र रोजगारीसम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदूत साइगोले बताएका छन । रासस



प्रतिक्रिया दिनुहोस्