Logo

नयाँ पत्रिकाले आधा मूल्य घटायो, ५ रुपैयाँमा किन्न सकिने



काठमाडौं, ३० असार । असंख्य पाठकको प्रेमले पछिल्लो समय देशको सबैभन्दा लोकप्रिय पत्रिका बन्न सफल ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अब केवल रु. ५ मा किन्न सकिनेछ । ‘नयाँ पत्रिका’को सफलताको वास्तविक हकदार पाठक नै हुनुहुन्छ । मूल्य घटाएर हामीले हाम्रो सफलतामा पाठकलाई पनि हिस्सेदार बनाएका छौँ ।

‘हरेक घरमा नयाँ पत्रिका’ हाम्रो अहिलेको संकल्प हो । हामीलाई विश्वास छ, केही साताभित्रै ‘नयाँ पत्रिका’ छापा माध्यमको इतिहासमै नेपालमा सबैभन्दा बढी बिक्री हुने पत्रिका बन्नेछ ।

संस्थाका हिसाबले यो निर्णय पक्कै चुनौतीपूर्ण छ । पछिल्ला दिनमा कागजको मूल्य करिब ४० प्रतिशत बढेको छ । तर, विज्ञापनको दायरा फराकिलो बनाएर पाठकलाई सहुलियत दिन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । निश्चय नै नयाँ पत्रिका टिम महत्वाकांक्षी छ ।

सातै प्रदेशबाट प्रादेशिक संस्करण सुरु गर्ने पहिलो राष्ट्रिय दैनिक बन्दा पनि हामी चुनौतीकै सामना गर्दै थियौँ । र, आज मूल्य घटाउने निर्णय पनि झन् चुनौतीपूर्ण छ । तर, आदरणीय पाठकको सद्भाव भएसम्म हामी यस्ता धेरै चुनौती सामना गर्न तयार छौँ । थोरै मूल्यमा उत्कृष्ट पत्रिका हाम्रो संकल्प हुनेछ ।

     कृष्णज्वाला देवकोटा
अध्यक्ष तथा प्रबन्ध निर्देशक



प्रतिक्रिया दिनुहोस्