फिफाले थाइल्यान्डको गुफाबाट निकालिएका बालबालिकाले विश्वकप फुटबल प्रतियोगिताकाको फाइनल हेर्न नपाउने जनाएको छ ।
यसअघि फिफाका अध्यक्ष जिआनी इन्फान्टिनीले ती बालबालिकालाई विशेष पाहुनाका रूपमा फाइनल खेल अवलोकन गराउने बताएका थिए । तर, अहिले फिफाले उनीहरूलाई फाइनल खेल हेर्नबाट वञ्चित गराउने भएकोे छ । फिफाका अध्यक्ष इन्फान्टिनोले स्वास्थ्यका कारण बालबालिकाले विश्वकपको फाइनल हेर्न नसक्ने स्पष्ट पारेका छन् ।
यो पनि पढ्नुहोस्
थाई गुफाः उद्धारमा खटिएका गोताखोरको मृत्यु
गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली
गुफामा फसेका थाई खेलाडीको उद्धारमा अमेरीकी गोताखोरको सहयोग
‘गुफाबाट जीवित निकालिएका स–साना फुटबल खेलाडीहरू विश्वकप हेर्न सक्ने अवस्थामा छैनन्, उनीहरूको स्वास्थ्यअवस्था नाजुक छ,’ इन्फान्टिनोले भने, ‘रसियासम्म लामो यात्रा गर्नुपर्छ, उनीहरूलाई आरामको आवश्यकता छ ।’
फिफा अध्यक्ष इन्फान्टिनोले भविष्यमा हुने कुनै पनि ठूलो फुटबल प्रतियोगितामा ती १२ बालबालिकालाई अवश्य खेल देखाउने वचन दिएका छन् । ‘आगामी दिनमा पनि ठूला फुटबल म्याच हुन्छन्, बालबालिकाले ती खेल अवलोकन गर्न सक्छन्,’ उनले भने ।रासस