काठमाडौं, ३० असार । सरकारले उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको एक साता नबित्दै राजधानीको सोल्टीमोडमा टिपरको ठक्करबाट १८ वर्षिया अनुजा घिमिरेको मृत्यु भएको छ ।
राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् ।
यो पनि पढ्नुहोस्
उपत्यकामा राति आठ बजेअघि टिपर चलाउन रोक
घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए।
चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा उनीहरूलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।