Logo

ओलीको बिरुद्धमा सुशिला कार्की, गगन थापा, केदारभक्त माईतीघरमा-फोटो फिचर



काठमाडौं, ३० असार । चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि जुम्लामा आमरण अनशनमा बसेका डा.गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोर्ण सभामा परिणत भएको थियो ।

डा.केसीको समर्थनमा नागरिक समाजका अगुवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’, ‘ओली सरकारको घडीमा माफियाको ब्याट्रि’, ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’, तिम्रो मार्सी भोजनले समाजवाद आउदैन जस्ता नाराहरु लगाएका थिए ।

केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक दुरुस्तै संसदमा पेश गर्न दवाव दिइरहेको कांग्रेसका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि थिए ।

सडकमा डा।केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशील साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी थिए । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागितामा सो प्रदर्शन भएको हो ।

प्रदर्शनमा पुर्वप्रधानन्याधीशद्वय सुशिला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशिल साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायतको पनि सहभागिता रहेको थियो भने नेपाल ट्रेड युनियन काँग्रेस संस्थागत रुपमै प्रदर्शनमा सहभागिता जनाएको छ ।

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्