Logo

काजु किन खाने ?



काठमाडौं, ३१ असार । काजुको सामान्य जीवनमा केही महंगो भएका कारण कमैले मात्रै प्रयोग गर्छन् । तर काजुको नियमित प्रयोग गरेमा त्यसबाट विभिन्न फाइदाहरु लिन सकिन्छ ।

अनुहार चम्किलो बनाउँछ

काजुको प्रयोग खानमा मात्रै नभएर यसले मसाज पनि गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुने भएकाले यसलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नुपर्छ । त्यसले गर्दा अनुहार अझ बढी चम्किलो हुन्छ ।

दिमाग तेजिलो बनाउँछ

काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

युरिक एसिड हुन दिँदैन

काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

रक्तचाप नियन्त्रण गर्छ

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

कोलेस्टेरोल घटाउँछ

हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

मुटु बलियो बनाउँछ

काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

तस्बिर-दुर्गा न्यौपाने



प्रतिक्रिया दिनुहोस्