काठमाडौँ, २ साउन । लोकप्रिय सर्जक तथा गायक शिव हमालको लय शब्दमा तयार पारिएको मौलिक तीज गीत ‘महारानि’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीको बत्तिसपुलती स्थित अनुपम फुटल्याण्डमा पत्रकार सम्मेलन गरेर ‘महारानी’को बिमोचन गरिएको हो ।
शिव हमाल, शितल शर्मा र कला लम्सालको स्वर रहेको उक्तगितमा सामाजिक सन्देशलाई उठाउन खोजिएको छ । शिव हमालका अनुसार सासु र बुहारीकोबीचको सम्बन्धलाई गीतका दृश्यहरुमा देखाईएको छ ।
छोरीको लोग्नेले आफ्नो छोरीलाई माया गर्दा माया गर्ने ज्वाई भनेर भन्ने तर छोरोले बुहारीलाई माया गर्दा जोईटिक्रे भयो जस्ता प्रतिक्रिया दिने चलन कायम रहेको र यस्तो गर्न नहुनेमा गीत सचेत छ ।
गायिका शितल शर्मा र कला लम्सालले गीतमा अभिनय पनि गरेकी छन् । अविबाहिता शितल शर्मा सासुको भूमिकामा देख्न पाईन्छ ।गीतमा गायिका कला लम्सालको पनि उस्तै अभिनय छ ।
उनी छुच्ची बुहारीको रुपमा देखिएकी छिन् । आमा र श्रीमतीको झगडा परेपछि श्रीमानको भूमिकामा रहेका राजु पौडेल ‘मास्टर’लाई सम्हाल्न धौ धौ परेको देखिन्छ ।
गीतमा दिविशा शर्मा, सुशान्त पाठक र रुपा खनालको पनि अभिनय छ । शितल मिडियाको पहिलो प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् । तस्बिर-गोपी कृष्ण
भिडियो हेर्नुहोस्