काठमाडौँ, ३ साउन । पाकिस्तानी मतदाताले जुलाई २५ तारिखमा नयाँ सरकार चुन्नका लागि मतदान गर्नेछन। यसपटक चुनाव विशेष छ किनभने यो चुनावमा यस्ता विभिन्न नयाँ कुरा हुँदैछ जुन यसअघिको चुनावमा भएका थिएनन् ।
१– पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । पाकिस्तानमा सैन्य विद्रोहको इतिहास रहेको छ । यहाँ पहिलो आम निर्वाचन सन् १९७० मा भएको थियो । यसपटकको चुनावपछि इतिहासमा यस्तो दोस्रो मौका हुनेछ जब एक निर्वाचित सरकार कुनै नागरिक सरकारलाई सत्ता सुम्पिनेछ ।
२– यसपटक यस्ता राजनेतालाई चुनाव लड्ने अनुमति छैन जसले पाकिस्तानमा तीनपटक प्रधानमन्त्रीको कुर्सी सम्हालिसकेका छन् । पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग ९नवाज० ले सन् २०१३ मा चुनाव जितेको थियो । गत वर्ष अदालतले उनलाई प्रधानमन्त्री पदका लागि अयोग्य पायो र भ्रष्टाचारको मामलामा हालै उनलाई १० वर्षको कैद सजायँ सुनाएको छ । नवाज शरिफा यी आरोपलाई अस्विकार गर्दन् र अप्रत्क्ष रुपमा यसका लागि सेनालाई जिम्मेवार बताउँछन् ।
३– यो चुनावमा यसपटक अति दक्षिणपन्थी र अतिवादी उम्मेद्वारको ठूलो संख्या चुनाव लडिरहेकाले यसकारण यो निकै महत्वपूर्ण मानिएको छ । पाकिस्तानी मिडियाले उग्र समूहलाई मूलधारको राजनीतिमा आउने मौका दिइरहेको आरोप लगाएको छ । यो चुनावमा ‘इश’ को ‘निन्दा’ एउटा ठूलो मुद्दा हो जसका लागि पाकिस्तानमा मृत्युदण्डको प्रावधान छ ।
४– यसपटक पहिलेको तुलनामा धेरै महिलाले चुनाव लडिरहेका छन् । पूरा देशमा संसदको दुई सय ७२ सिटमा लगभग एक सय ७१ महिला उम्मेद्वार छन् । यसमा अली बेगम पनि छिन् जो पुरुषप्रधान कबायली इलाकाबाट चुनाव लड्ने पहिलो महिला उम्मेद्वार हुन् ।
हुन त पाकिस्तानमा चुनाव आयोगमा कुनै चुनावी क्षेत्रमा १० प्रतिशतभन्दा कम महिलाको सहभागिता भए चुनावी प्रक्रिया रद्द गरिने नियम पनि छ ।
यो पनि पढ्नुहोस
जेलमा शरिफ र उनकी छोरीलाई यस्ता छन् सुविधा
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी विमानस्थलबाटै पक्राउ
पाकिस्थानका पुर्व प्रधानमन्त्रि र उनकि छोरीले कुन श्रेणीको खाना खादैछन जेलमा ?
५– यसपटकको चुनावमा तेस्रोलिङ्गीलाई पनि राजनीतिमा अघि बढ्ने मौका मिलेको छ । पाँच तेस्रोलिङ्गी उम्मेद्वारलाई आम चुनाव लड्ने अनुमती दिइएको छ । तेस्रोलिङ्गी, पाकिस्तानमा निकै अल्पसंख्यक समुदाय हो जसलाई सन् २०१३ मा चुनाव लड्न पहिलो अनुमती दिइएको थियो । स्थानीय खबरका अनुसार यसपटक स्वतन्त्र र निष्पक्ष चुनावको निगरानीका लागि तेस्रोलिङ्गीको सेवा पनि लिइनेछ ।बीबीसी