काठमाडौं, ३ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष्य ब्रदी पंगेनीले प्रतिष्ठानको निजि भवनका लागि आवशयक जग्गा खरिद गरिसकेको जानकारी दिएका छन् ।
बुधबार राजधानीको सामाखुसिमा रहेको प्रतिष्ठानको केन्द्रीय कार्यायलमा पत्रकार सम्मेलन गरेर प्रतिष्ठानले भवन निर्माणका लागि आवश्यक जग्गा खरिद गरिसकेको जानकारी गराएको हो ।
विगत लामोसमय देखी आफ्नै भवन निर्माणको काममा जुटिरहेको प्रतिष्ठान विभिन्न संघ संस्था, व्यक्तिगत सहयोगको अपेक्षा राख्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा प्रतिष्ठानले आफ्नै भवन निर्माणका लागी काम अगाडी थालनी गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष पंगेनीले राजधानीको टोखा नगरपालिका ७ बसुन्धरामा ७१ लाख ६ हजार बराबारको आवश्यक जग्गा खरिद गरेको बताए ।
उनले भने,‘हामीलाई माया गर्ने, सहयोगी मनहरुबाट र केही सहयोग सरकारले पनि सहयोग गरेको छ, सबैमा हार्दीक धन्यवाद छ, नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र विस्तार गर्ने तपाई हाम्रो जिम्मेवारी हो, सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग हुनेछ ।’
लोब तथा दोहोरी प्रतिष्ठानका विभिन्न कार्यक्रमहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागी सरकारले सहयोग गर्ने आश्वासन दिदै आएका थिए । त्यसै अनुरुप मन्त्रालयले ४० लाख सहयोग प्रदान गरेको अध्यक्ष पंगेनीले जानकारी दिएका छन् ।
अध्यक्ष पंगेनीले भने, ‘हामी बिगत लामोसमय देखी प्रतिष्ठानको भवन निर्माणका लागी निरन्तर लागी परिरहेका थियौं, अहिले जग्गा किन्न सफल भएका छौं, अब छिट्टै नै भवन निर्माणको काम पनि थालनी गर्ने छौं, भवन निर्माणका लागी पनि प्रतिष्ठानकै पदाधिकारी लगायत अन्य बिभिन्न संघसंस्थाबाट पनि सहयोग जुटिरहेको छ।’
पत्रकार सम्मेलनमा लोकदोहोरी प्रतियोगीता, लोक गीत प्रतियोगीता, राजधानीमा रहेका सबै रेकिर्डिङ स्टुडियोका सञ्चालकहरुसँगको बैठक लगायतका काम सम्पन्न गरिएको जानकारी गराईएको थियो ।
प्रतिष्ठानकी केन्द्रीय सदस्य एबम् गायिका पुर्णकला बिसीले अपाच्य शब्द राखिएकै कारण केही महिना यता ७ वटा गीत गाउन अस्विकार गरेको बताएकी छन् । पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका निवर्तमान सचिव शिरिष देवकोटा र पूर्व महासचिव बिष्णु खत्रीको जन्मदिन पनि मनाइएको छ ।