Logo

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा



सुर्खेत, ३ साउन । विगत २० दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ ।

संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा सरकारका वार्ता टोलीका संयोजक खगराज बराल र सदस्य गुणराज लोहनी पनि अहिले जुम्ला पुग्नुभएको छ ।

टोलीले अहिले डा केसीको स्वास्थ्य स्थिति बुझ्ने काम गरिरहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

“डा केसीसँग वार्ता पनि चलिरहेको छ, उहाँबाट आएको प्रतिक्रियाअनुसार सरकारले आफ्नो काम अघि बढाउँछ,” कानूनमन्त्री भण्डारीले भन्नुभयो ।

उहासँगको वार्तामा सहमति भएको खण्डमा भने सरकारले आजै हेलिकोप्टरमार्फत डा केसीलाई काठमाडौँ लैजान तयारी गरेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्