काठमाडौँ,४ साउन । बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो ट्वीटर अकाउन्टमा छोरा रनवीरसँगैको एउटा फोटोपोष्ट गरेकी छिन् ।जस्मा फोटोसँगै सोनालीले एक भावुक मेसेजबाट उनको छोराले आफ्नो क्यान्सरबारे थाहा पाउँदा कस्तो प्रतिक्रिया दिए भन्ने जानकारी गराएकि छिन् । उनका छोरा रनवीरको स्कूलमा गर्मी महिनाको बिदा भएका कारण उनी आमा सोनाली र बुवा गोल्डीसँग न्यूयोर्कमा छन् ।
१२ वर्षे छोराले आफ्नी आमाको रोगबारे थाहा पाएपछि कस्तो प्रतिक्रिया दिए, त्यसबारे सोनालीले आफ्नो पोष्टमा लेखेकी छिन् ।‘आजभन्दा १२ वर्ष, ११ महिना र ८ दिनअघि जन्मिएदेखि नै उसले मेरो मनमा राज गरिरहेको छ । त्यतिबेलादेखि नै उसको खुसीलाई ध्यानमा राखेर म र गोल्डीले काम गरिरहेका छौं ।
जब क्यान्सरले आफनो कुरुप अनुहारसहित टाउको उठायो, तब हाम्रो सबैभन्दा ठूलो द्वीधा यो थियो कि हामीले कहिले र कसरी उसलाई भन्ने ।हामीलाई थाहा थियो कि उसलाई सबैकुरा राम्रोसँग बताउन आवश्यक थियो । त्योभन्दा धेरै हामी उसको रक्षा पनि गर्न चाहन्थ्यौं । हामी सधैं उनीसँग इमान्दार रहेका छौं र यसपटक पनि भिन्न भइरहेको थिएन ।
उसले यो खबरलाई पनि त्यति नै परिपक्वताका साथ लिए । त्यहिबेला देखि नै उनी मेरा लागि सकारात्मकता र ऊर्जाको स्रोत बनेका छन् । कहिले काँही हाम्रो भूमिका परिवर्तन हुन्छ । उसले मलाई अभिभावक जसरी सम्झाउने गर्छ ।मलाई लाग्छ कि बच्चाहरुलाई पनि यस्तो अवस्थामा समावेश गराउनु पर्छ । उनीहरु यस्तो अवस्थामा उमेरभन्दा धेरै परिपक्व हुन्छन् ।
यो महत्वपूर्ण हो कि हामीले उनीहरुलाई साइड लाइन गरेर प्रतिक्षा गर्नुको साटो उनीहरुसँग समय बिताउनुपर्छ । बच्चालाई सुरक्षा दिने भन्दै पीडा र जीवनको यथार्थबाट टाढा राख्दा सायद हामीले यसको विपरित गरिरहेका छौं ।एजेन्सि अमर उजाला