Logo

बालकलाकार तथा निर्देशक सौगात बिष्ट बेबिलोनमा



काठमाडौँ,४ साउन । विश्वकै कम उमेरको चलचित्र निर्देशक बनेर गिनिजबुकमा नाम लेखाउन सफल बालकलाकार तथा निर्देशक सौगात विष्टले पठनपाठनको लागि शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुललाई रोजेका छन् ।

पठनपाठन सँगै अतिरिक्त क्रियाकलापमा पनि बेबिलोन अग्रस्थानमा रहेको भन्दै सौगातले बेबिलोन भर्ना गरेका हुन् । यो भन्दा पहिले उनले डिल्लीबजारस्थित सूर्यदेव ज्योति विद्यालयबाट अध्ययनको शुरुवात गरेका थिए ।

सन् २०१४ डिसेम्बर १२ मा रिलिज भएको ‘लव यू बाबा’ चलचित्रको निर्देशन सौगातले गरेका थिए । त्यस बेला उनि ७ वर्ष ३४० दिनका मात्र थिए । हाल कक्षा ६ मा अध्ययनरत विष्टले भविष्यमा एउटा सफल अनि ब्यवसायिक चलचित्र निर्देशक बन्ने चाहना राखेका छन ।

पाँच वर्षकै उमेरमा उनले ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका थिए । परिवार नै चलचित्रको क्षेत्रमा लागेकाले पनि आफ्नो रुचि यसतर्फ बढी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्