Logo

तृप्ती र सुमनको स्वरमा ‘आउन बजाईदेउ’ सार्वजनिक



काठमाडौं, ४ साउन । कतै झरी, कतै वर्षा, कतै घाम, कतै आम यस्तै यस्तै… । उल्लेखित शब्दहरु झट्ट सून्दा सामान्य लागेपनि अनेकन अर्थहरु बोकेका शब्दहरु हुन । कतै झरीमा भिज्दै गोठाला जान्छन् । कतै धान रोप्ने काममा । यस्तै दिनचर्या नेपाली समाजको चल्दैछ भन्दा अन्यथा हुँदैन ।

कलाकारहरुलाई भने तीजले छोईसकेको छ । दिन प्रतिदिन कलाकारहरुले आफ्ना तीज कोशेलीहरु यूटुव मार्फत सार्वजनिक गरिहरका छन् । यसै क्रममा गायिका तृप्ती खड्का र समुन परियारको स्वरमा ‘आउन झिल्के बजाईदेउ‘ बोलको गीत बजारमा आएको छ ।

सहदेव कोईरालाको लय शब्दमा रहेको उक्त गीत म्युजिक अफ नेपालको युटुव मार्फत सार्वजनिक गरिएको हो । बागिना डिजिटलले बजार व्यवस्थापन गरेको गीतमा करिष्मा ढकाल र सुमन परियारको अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु सागर गौतमले क्यामेरामा कैद गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्