Logo

भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा



चितवन,४ साउन । क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ ।

अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गरेका छन।

क्यानडाबाट हालै नेपाल आएका धरेलले करीब रु चार लाख बराबरको ती चस्मा हस्तान्तरण गरिएको र आउँदा दिनमा पनि आंँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताएका छन । अस्पतालका अध्यक्ष मास्केले ती चस्मा गरीब, असहायलाई प्रदान गरिने जानकारी गराएका छन। रासस



प्रतिक्रिया दिनुहोस्